बैंकिङ, होटल र अन्यबाहेक सबै समूहको शेयर घट्यो


काठमाण्डु – शेयर कारोबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार शेयर बजार सामान्य घटेको छ । आज नेप्से ३ दशमलव २२ अङ्कले घटेर दुई हजार सात सय ३१ दशमलव ७८ विन्दुमा झरेको छ । आज बैंकिङ, होटल र अन्यबाहेक सबै समूहको शेयर घटेको छ ।

आज विकास बैंक, बीमा, व्यापार र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ३३ कम्पनीका ७४ लाख ६ हजार कित्ता शेयर तीन अर्ब ७ करोड ९७ लाखको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २६ करोड ५७ लाखको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement