नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन


काठमाण्डु -नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कुमारी बैंक, साल्ट ट्रेडिङ्ग कर्पोरेशन र रिडी हाइड्रोपावरको शेयरमूल्य सोमबार समायोजन भएको हो ।

मुल्य समायोजनपछि कुमारी बैंकको शेयर मुल्य २७३, साल्ट ट्रेडिङ्ग कर्पोरेशन ६ हजार र रिडी हाइड्रोपावरको १ सय ६८ रुपैंया कायम भएको छ । यी तीनै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

कुमारी बैंकले गत आर्थिक वर्षको कमाइबाट हाल कायम चुक्ता पूँजीको ३.१५ प्रतिशत नगद लाभांश तथा १०.८५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।

साल्ट ट्रेडिङ्गले २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यसैगरी रिडी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement