नेप्से ४० अङ्कले बढ्यो, निफ्राको २० करोडको शेयर कारोबार

नेप्से ४० अङ्कले बढ्यो, निफ्राको २० करोडको शेयर कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुधवार शेयर बजार परिसूचक नेप्से ४० अङ्कले बढेको छ । कारोबार भएका सबै समूहको शेयर बढेपछि नेप्से ४० दशमलव चार अङ्कले बढेर २४ सय ३२ दशमलव १४ विन्दुमा पुगेको हो ।

बुधवार बैंकिङ समूहको शेयर १९ अङ्कले, व्यापार समूहको ४२, होटल तथा पर्यटनको एक सय १२, विकास बैंकको २६, जलविद्युतको ३१, फाइनान्सको १३, माइक्रो फाइनान्सको एक सय १३, उत्पादनको ९८, जीवन बीमाको तीन सय ७२, निर्जीवन बीमा समूहको दुई सय २४, अन्यको ४७ र लगानी समूहको शेयर झण्डै डेढ प्रतिशतले बढेको छ ।

बुधवार दुई सय १२ कम्पनीका ८६ लाख २६ हजार कित्ता शेयर तीन अर्ब ३७ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको २० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधवार चन्द्रागिरि हिल्ससहित ६ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि घलेम्दी हाइड्रो कम्पनीको शेयर झण्डै नौ प्रतिशतले घटेको छ ।

Skip This