काठमाण्डु- बिदापछि खुलेको सेयर बजार घटेको छ । यसदिन नेप्से १२.७९ अंकले घटेर परिसूचक २६३६ अंकमा कायम भएको छ ।
आज ४ अर्ब ७३ करोडको कारोबार भयो । आज ८६ कम्पनीको मूल्य बढेको छ भने १८५ को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, सानिमा माइ हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स पावर, स्वेतगंगा हाइड्रोपावर, हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।
यसदिन अपर लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशत बढ्यो । एभरेस्ट कलरको ५.३६, सीवाईसी लघुवित्तको ४.८६, विजय लघुवित्तको ४.४९, बेनी हाइड्रोपावरको ४.१२ तथा स्वस्तिक लघुवित्तको ३.६६ प्रतिशत मूल्य घट्यो ।
यसदिन बैंकिङ ०.४७, विकास बैंक ०.८४, फाइनान्स ०.५५, होटल तथा पर्यटन १.२१, जलविद्युत् ०.३१, लगानी ०.२७, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.६९, अन्य ०.५८, तथा व्यापार ०.०२ प्रतिशत घटे ।


प्रतिक्रिया