एनआरएनएमा दलीय आबद्धता निषेध, सदस्यता त्याग्न सात दिने अल्टिमेटम

एनआरएनएमा दलीय आबद्धता निषेध, सदस्यता त्याग्न सात दिने अल्टिमेटम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना पदाधिकारी र सदस्यलाई राजनीतिक आबद्धता त्याग्न निर्देशन दिएको छ ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. चिरञ्जिवी खड्काले एक परिपत्र जारी गर्दै दलीय आबद्धता त्याग्न एक साताको समयसीमा तोकेका हुन् ।

परिपत्रमा राजनीतिक दल तथा राजनीतिक उद्देश्य बोकेका संस्थामा आबद्ध संघका पदाधिकारी र सदस्यलाई सात दिनभित्र त्यस्तो आबद्धता अन्त्य गर्न निर्देशन दिइएको छ ।

संघको गत महिना बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७औँ बैठकमा दलीय आबद्धता अन्त्य गर्नेबारे छलफल भएको थियो ।
संघलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने र संस्थाको स्वतन्त्र पहिचान कायम गर्ने उद्धेश्यसहित परिपत्र जारी गरिएको महासचिव खड्काले बताए ।


विधानले नै संघलाई गैरराजनीतिक चरित्रको परिकल्पना गरेको खड्काले उल्लेख गरे ।