सेयर बजारले कटायाे २८ सयको विन्दु, हाल सम्मकै उच्च काराेबार

सेयर बजारले कटायाे २८ सयको विन्दु, हाल सम्मकै उच्च काराेबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–सेयर बजारमा दैनिक कारोबार रकमले नयाँ रेकर्ड राखेकाे छ।

यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार गरेकाे बजारले आइतबार २५ अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार गरेकाे छ।

सेयर बजार परिसूचक ३० महिनाकै उच्च विन्दुमा आइपुगेको छ।

नेप्से एकैदिन ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा पुगेको छ।

यसदिन ३३० वटा धितोपत्रको छ करोड तीन लाख २१ हजार ३२३ कित्ता सेयर किनबेच भएको हो।

आइतबार २२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटाको घटेको छ। यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ।

नेसनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिडसोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी, सिंगटी हाइड्रोपावर, रिडी पावर, अरुणभ्याली हाइड्रोपावर, एनआईसी एसिया लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, अरुण काबेली पावर तथा शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

निफ्रा, थ्रीस्टार हाइड्रोपावरको मूल्य ९.८ प्रतिशत बढ्यो । कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । युनिलिभर नेपालको ३.८५ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, निफ्रा, नेपाल फाइनान्स तथा माथिल्लो तामाकोशी क्रमशः अगाडि रहे ।