बस्तु निर्यात गर्न सक्ने सहकारीलाई अगाडी बढाउनु पर्छ :अर्थमन्त्री खतिवडा


काठमाडौं –बस्तु निर्यात गर्न सक्ने सहकारीलार्ई प्रतित पत्र खोल्न सक्ने सुविधा दिने सरकारको योजना रहेकोछ ।
 सहकारी ऐनलाई पुन :परिभाषित गरेर उनीहरुले पनि प्रतित पत्र खोल्ने व्यवस्था गर्नुपर्ने भएको छ,’ अर्थमन्त्री डा. युवराज खतिवडाले उल्लेख गरे । साना किसान लघुवित्त विकास बैंकको १७ औं बार्षिक साधारण सभामा उनले बताएका हुन् ।

आयात नियातका काममा व्यवसायीहरुको भुक्तानीको लागि एउटा देशको वित्तीय संस्थाले अर्को देशको वित्तीय संस्थालाई भुक्तानी सुनिश्चतता प्रदान गर्न प्रतित पत्र जारी गरिदिन्छन् । ‘यो किसानहरुको सरकार हो, आवश्यकता अनुसार किसानमा लगानी बढाउन आफ्नै संरचना समेत बनाउनेछौं,’ खतिवडाले उल्लेख गरे । किसान र बजार मूल्य श्रंखलालाई जोड्ने प्रयास पनि गरिने खतिवडाले घोषणा गरेका छन् ।

साना किसान सहकारीबाट व्यवसाय विस्तार गरिरहेकाहरुलाई ऋणको सीमाले समस्या पर्न थालेकोमा यसबारे पनि सोच्नु पर्ने पुर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले बताएका छन् । निर्यात बढाउन सहकारीबीच सञ्जालीकरणको काम पनि शुरुवात गर्ने रणनीति अर्थमन्त्रीको रहेको छ । उनले सहकारीबाट मात्र किसानमा लगानी गर्न सक्ने अवस्था नबनेमा अन्य बाहिरी प्रणालीबाट लगानी बढाउने बताए ।

साना किसान लघुवित्त विकास बैंकले सहकारीहरु मार्फत थोकमा कर्जा लगानी गर्दै आएको छ । हाल बैंकले १५ अर्ब रुपैयाँ बराबरको ऋण जारी गरेको छ । संस्थाले जारी गरेको भाका नाघेको ऋणको हिस्सा एक प्रतिशतभन्दा पनि कम छ ।
साना किसान लघुवित्तमा कृषि विकास बैंक, नेपाल बैंक, नबिल बैंक, साना किसान कृषि सहकारी र सर्वसाधारणको सेयर लगानी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement