माओवादी केन्द्र र नेसपाबीच आज पार्टी एकीकरण हुँदै

माओवादी केन्द्र र नेसपाबीच आज पार्टी एकीकरण हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल समाजवादी पार्टी (नेसपा)को गंगानारायण श्रेष्ठको नेतृत्वको समूहले सोमबार नेकपा (माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्दैछ ।

तत्कालीन अध्यक्ष महिन्द्र राय यादव माओवादीसँगको एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नो नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनर्गठन गरी एकीकरण गर्ने निर्णय गरेका थिए।

नेसपा पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित भएको पार्टी हो।

माओवादी केन्द्रसँग एकता गर्ने वा नगर्ने विषयमा पार्टी भित्र विवाद चर्किएपछि सह–अध्यक्ष रहेका श्रेष्ठ समूहले माओवादी केन्द्रसँग पार्टी एकता गर्न लागेको हो ।

२०८० साल चैत ३ गते यादव सहितको समूहले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो ।

नेसपाका तत्कालीन अध्यक्ष भट्टराईसहित माओवादीसँग पार्टी एकता गर्ने विषयमा विवाद हुँदा २०८० चैत ३ गते पार्टी विभाजन भएको थियो । विभाजनपछि अर्का अध्यक्ष यादवको नेतृत्वमा नेसपा पुनर्गठन भएको थियो ।