नेता जोशीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

नेता जोशीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली काँग्रेसले स्वर्गिय नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा झुकाउने भएको छ ।

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले नेता जोशीको सम्मानमा चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा पार्टीको झन्डा आधा झुक्याउने निर्णय गरेको हो ।

साथै कांग्रेसले १७ गते एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय समेत गरेको छ । आजको बैठकले तीन दिन शोकसभा बाहेक अन्य कार्यक्रम नगर्ने, १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने निर्णय गरेको छ । साथै बैठकले सहित शोक प्रस्ताव पनि पारित गरेको छ ।