सुवास नेम्वाङले गरे निति कार्यक्रमको खुलेरै प्रशंसा


काठमाडौँ –नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले सरकारको नीति तथा कार्यक्रमको खुलेर प्रशंसा गरेका छन् । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा नेम्वाङले सत्ता पक्षले नीति तथा कार्यक्रम राम्रो भन्नु र प्रतिपक्षीले नराम्रो टिप्पणी गर्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताए ।

पूर्वसभामुख समेत रहेका सांसद नेम्वाङले निश्चित समयमा देश विकास र आर्थिक समृद्धिको खाका नीति तथा कार्यक्रममा आएको उल्लेख गर्दै निर्वाचनमा जनतासामु गरिएका प्रतिबद्धता नीति तथा कार्यक्रममा समेटिएको दाबी गरे ।

‘सरकारले नीति तथा कार्यक्रम मार्फत सपना देख्नु नराम्रो हो र ? सपना देख्नु अचम्म हो र ? ’ नेम्वाङले भने । उनले सरकारले दम्भ गर्न नहुने चर्चा गर्दै सरकारको कुनै काममा दम्भ भन्दा हार्दिकता झल्कनुपर्ने सुझाव समेत दिए ।

नेपाली काँग्रेसका विजयकुमार गच्छदारले सरकारको नीति तथा कार्यक्रम सपनामा महल बनाउने खालको आएको टिप्पणी गर्दै भौतिक पूर्वाधार, सामाजिक विकास, पर्यटन, कृषि जलस्रोत जस्ता महत्वपूर्ण क्षेत्रमा कार्यक्रमले सम्बोधन गर्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement