नयाँ सेनापतिले थाले सेनामा सुधार : सैनिक जर्णेलका श्रीमतीलाई ‘रानी साब’ भन्ने चलन हटाइयो


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको नेतृत्व सम्हाले लगत्तै केही सुधारका घोषणा गरेका छन् । प्रधानसेनापति थापाले देशभरका सैनिक व्यारेकमहरुमा आफ्नो तस्वीर नराख्न सर्कुलर गरेका छन् ।

यसअघि मुख्यालयसहित बाहिनी, पृतना, तालिमकेन्द्र, गण र गुल्महरुमा प्रधानसेनापतिको तस्वीर झुण्ड्याउने गरिन्थ्यो । अबदेखि भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र परमाधिपतिका हैसियतमा राष्ट्रपतिको मात्र तस्वीर राख्न थापाले निर्देशन दिएका छन् । यस्तै उनले सैनिक जर्नेलका पत्निहरुलाई ‘रानी’ भन्नुपर्ने चलन हटाएका छन् । सेनामा जर्नेल पत्निहरुलाई ‘रानी साहेब’ भन्नुपथ्र्यो ।

अब भने जर्साब पत्नीहरुलाई पनि ‘म्याडम’ मात्र भन्दा हुने भएको छ । यस्तै पल्टनको वार्षिकोत्सवका नाममा हुने भोजमा समेत अंकुश लगाइएको छ । सैनिक अधिकृतका विवाहमा सबै अधिकृतलाई बोलाउने भड्किलो चलन पनि हटाउन मुख्यालयले जारी गरेको सर्कुलरमा उल्लेख गरिएको छ । यस्तै सैनिक अधिकृतका घरमा जवानहरुलाई घरेलु कामदारका रुपमा राख्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement