राष्ट्रपतिले उदघाटन गरेको यस्तो छ सैनिक मुख्यालयको अत्याधुनिक नयां भवन 


काठमाडौं –राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले नवनिर्मित सैनिक मुख्यालयको उदघाटन गरेकी छन् । २०७२ सालको विनासकारी भुकम्पमा क्षतिग्रस्त भएको जङ्गी अड्डा भवनको पुनर्निर्माण सम्पन्न पश्चात आज भण्डारीले उक्त सात तले भवनको उदघाटन गरेकी हुन् ।

सरकारले नेपाली सेनाको संरचना अनुसार सुविधा उपलब्ध गराउने उद्देश्यले यस भवनको मिति २०७३ जेष्ठ २४ गतेबाट निर्माण कार्य सुरु भएको थियो । 

नवनिर्मत भवनमा क्यूविकलसहित ४३० कोठाहरु, विभिन्न प्रयोजनका ३१ सभाहलहरु रहेको यस भवनबाट नेपाली सेनाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयसहित ४७ वटा कार्यालयहरु सञ्चालनमा रहने सेनाले जनाएको छ । 

आवश्यकताअनुसार छतमा हेलिकोप्टर समेत अवतरण गर्न मिल्ने गरी निर्माण गरिएको यस भवनका कार्यालयहरुमा एक हजार जनशक्ति कार्यरत रहने क्षमता रहेको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement