नयाँ दिल्लीमा आतङ्कवादी हमला हुन सक्ने, बढ्यो सुरक्षा अलर्ट


काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीमा पाकिस्तानको आतंककारी संगठनले आक्रमण गर्ने योजना बनाएको भारतीय सुरक्षा निकायले आशंका गरेका छन्।

भारतीय गुप्तचर एजेन्सीका अनुसार पाकिस्तानी आतंकवादी संगठन जैश-ए-मोहम्मदले आक्रमणको तयारी गरेको हो। नयाँ दिल्लीमा चारदेखि पाँच आतंककारी रहेको भारतीय गुप्तचर एजेन्सीको आशंका छ। रिपोर्टअनुसार आतंककारीले रेलवे स्टेसन, बस बिसौनी र भीड हुने पसल क्षेत्रलाई निशाना बनाउन सक्ने दैनिक भास्करले जनाएको छ।

सुरक्षालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले बुधवार रातिबाट सुरक्षा व्यवस्था कडा पार्ने र केहीलाई नियन्त्रणमा लिएको उल्लेख गरिएको छ। नरेन्द्र मोदीको सरकारले कश्मीरलाई विशेष राज्यको दर्जाको प्रावधानसहितको संविधानको धारा ३७० लाई खारेजगरेपछि पाकिस्तान र भारतबीच विवाद चुलिदै गएको छ ।

जम्मू कश्मीरलाई दुई प्रदेश -जम्मू कश्मीर र लद्दाख) मा विभाजन र केन्द्रशासित प्रदेश बनाएपछि विवाद झन चर्किंदै आएको हो । प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement