१ हजार रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

१ हजार रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा ल्याएको छ।

राष्ट्र बैंकले साविककै आकारमा रङमा परिवर्तन गरेर नयाँ विशेषतासहितको सिरिज २०२५ को १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुुसार नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र र लालीगुराँसको पानीछाप राखिएको छ।

दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न दायाँतर्फको तल्लो भागमा एक हजार अंक जनाउने रोमन अक्षर ‘एम’ राखिएको छ। त्यस्तै, सगरमाथा हिमालको बायाँतर्फ र पानीछापको दायाँतर्फ १०-१० वटा तेर्सा रेखा, अग्रभागमा सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र भगवतीको चित्रसमेत राखिएको छ।

नयाँ १ हजार रुपैयाँको नोटको पछाडिको मुख्य आकर्षणकारूपमा चितवनस्थित सरकारी हात्तीसारका जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’को चित्र राखिएको छ।

नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत छ। नोटको तल्लो भागमा विसं २०८२ को सिरिज उल्लेख गरिएको छ।