काठमाण्डु-काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम सुरु गरेपछि स्थानीयले विरोध गरेका छन् ।
उच्च अदालतले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधवारदेखि पुनः काम सुरु गरेको हो । तर, न्युरोडको फुटपाथ विस्तारको काममा स्थानीयले असन्तुष्टि जनाउँदै पुनः विरोध सुरु गरेपछि अवस्था असामान्य बनेको छ ।
स्थानीयको विरोध सुरु भएपछि अहिले न्युरोड क्षेत्रमा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ ।
यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।
प्रतिक्रिया