न्यूजील्याण्डका उपप्रधानमन्त्री पीटर्स नेपाल भ्रमणमा आउँदै

न्यूजील्याण्डका उपप्रधानमन्त्री पीटर्स नेपाल भ्रमणमा आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्यूजील्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टन पीटर्स नेपाल भ्रमणमा आउने भएका छन् ।

परराष्ट्र मन्त्री पीटर्सले यसै हप्ता नेपालसहित विभिन्न देशको भ्रमण निस्कदै छन् । उनी मई २३देखि ३१सम्म नेपालसहित अष्ट्रेलिया, श्रीलंका र भारतको भ्रमण गर्नेछन् ।

पीटर्सले सबैभन्दा पहिले अष्ट्रेलियाको अडिलेड यात्रा गर्नेछन्, जहाँ उनी अष्ट्रेलियाली समकक्ष पेनी वोंगसँग परराष्ट्र मन्त्रीस्तरीय छलफलमा भाग लिनेछन् ।

त्यसपछि पीटर्स दक्षिण एशियातर्फ जानेछन्, जसअन्तर्गत श्रीलंका, नेपाल र भारतको भ्रमण गर्ने छन् ।

कोलम्बोमा पीटर्सले २०१३ यता श्रीलंकाको भ्रमण गर्ने पहिलो न्यूजिल्यान्डका परराष्ट्र मन्त्री हुनेछन् । उनले राष्ट्रपति अनुरा कुमारा डिसानायके, प्रधानमन्त्री हरिणी अमरसुरिया र परराष्ट्र मन्त्री विजिता हेराथसँग भेटवार्ता गर्नेछन् ।

यस्तै काठमाण्डुमा पनि पीटर्सले परराष्ट्र मन्त्रीस्तरीय छलफल गर्नेछन् । न्यूजिल्यान्डका परराष्ट्र मन्त्रीको रूपमा नेपाल भ्रमण गर्ने उनी पहिलो व्यक्ति हुनेछन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा र परराष्ट्र मन्त्री राणा देउवासँग भेट गर्नेछन् ।

‘यो भ्रमण नेपाल र न्यूजिल्यान्डबीचको विशेष सम्बन्धलाई उजागर गर्नेछ, जुन तेन्जिङ नोर्गे र एडमण्ड हिलारीको सगरमाथा आरोहणको वार्षिकोत्सवसँग पनि मेल खान्छ’ पीटर्सले भनेका छन्, ‘साथै, यो भ्रमण गत वर्ष नेपालका परराष्ट्रमन्त्रीको वेलिङ्टन भ्रमणको जवाफस्वरूप पनि हुनेछ ।’

नेपाल भ्रमण सकेर त्यसपछि पीटर्स नयाँ दिल्ली जानेछन्, जहाँ उनले भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशंकरसँग भेट गर्नेछन् ।