जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने बाटो खुल्यो


काठमाडौं– सर्वोच्च अदालतले नागरिकता सम्बन्धी गृहमन्त्रालयको पछिल्लो सर्कुलर कार्र्यान्वयनका लागि आदेश जारी गरेको छ।

गृह मन्त्रालयले गत चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सर्कुलर गरेर ‘जन्मको आधारमा नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाण पत्र संलग्न गरी नेपाली नागरिकता पाउन निवेदन दिएमा वंशजको आधारमा प्रक्रिया अपनाई दिन’ निर्देशन दिएको बाटो खुला भएको हो।

सर्वाेच्चका न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको मंगलबारको इजलासले गृहको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा दायर रिटमा अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएको हो ।

यसअघि सर्वोच्च्का न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र गृह मन्त्री रामबहादुर थापाका नाममा निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो।

नागरिक्ता ऐन २०६३ लाई संशोधन गर्न पेश गरेका विधेक हाल संघीय संसदमा विचाराधीन रहेको बेला उक्त सर्कुलर संविधान र नेपाल नागरिकता ऐनविरुद्ध भएको दाबीसहित वरिष्ठ अधिवक्ता बालृकष्ण नेउपानेले सर्वोच्चमा रिट दिएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement