विप्लवलाई वार्तामा आउन थवाङबाट मन्त्री पुनको आह्वान


काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई वार्तामा आउन आह्वान गरेका छन्।

रोल्पाको थवाङ पुगेका पुनले पूर्वसहकर्मी समेत रहेका विप्वललाई वार्तामा आउन र  जनताका समृद्धिका सपना जनमतको माध्यमबाटै पुरा गर्न सकिने बताएका हुन्।

गन्तव्य जलजला कार्यक्रमका क्रममा रोल्पाको थवाङ पुगेका मन्त्री पुनले भने,‘ जनमतको बाटोबाट नै जनताका समृद्धिका चाहाना पुरा गर्न सकिन्छ । ‘गन्तव्य जलजला’ अभियानका क्रममा रोल्पाको थवाङ पुगेका पर्यटकहरुलाई सम्बोधन गर्ने क्रममा मन्त्री पुनले संविधानले नै जनताका अधिकार सुनिश्चित गरिसकेकाले अव सशस्त्र अभियानको आवश्यकता नरहेको प्रष्ट पारे ।

विप्लव समूहलाई बार्तामा आउन आव्हान गर्दै उनले भने, ‘सरकार बार्ता र सम्बादबाट समस्याका समाधान गर्न तयार, अहिलेको अवस्थामा जनमतबाटै जनताका आकाँक्षा पुरा गर्न सकिन्छ ।’ सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरि नेपालका १ सय स्थानलाई भ्रमणको गन्तव्य तोकेको छ ।

सोही सूची अन्तर्गत रोल्पाको जलजला पनि एक हो । जनजलामा पर्यटक भित्र्याउन आफुले पूरा पहल गर्ने प्रतिवद्धता जनाउदै मन्त्री पुनले पर्यटकका लागि आधारभूत आवश्यकता समेत रोल्पामा उपलव्ध हुने बताए । रोल्पालाई पूर्ण रुपमा उज्यालो बनाउन सवै जलविद्युत आयोजनाहरु निर्माणको प्रकृयामा प्रवेश गरिसकेको बताउँदै मन्त्री पुनले केही वर्षभित्रै रोल्पा उज्यालो हुने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement