जिल्ला सचिवमा ‘घटुवा’ भएपछि नेकपाका सांसदले मनाेनित पदबाट दिए राजीनामा


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीको सचिवमा मनोनित दघिराम न्यौपाने ‘माधव’ले उक्त पदबाट राजीनामा दिएका छन्।

पार्टीको केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भएकाले उक्त पदमा नैतिकताका आधारमा बस्न नसक्ने भन्दै उनले पार्टी हेड्क्वाटर र प्रदेश प्रमूखलाई लिखित रुपमा राजीनामा बुझाएका हुन्। तत्कालिन माओवादीको पोलिटव्युरो सदस्यसमेत रहेका शर्माले घटुवाको पद आफ्ना लागि स्वीकार्य नभएको बताए।

उनले भने ‘पार्टीको केन्द्रीय सदस्य हुदाँहुँदै सोही पार्टीको जिल्ला सचिवमा बस्न नसुहाउने भन्दै उक्त जिम्मेवारीबाट राजीनामा दिए।

उनले सो पदमा यसअघि नै जिल्लामा सहमती भइसकेकोले नारायण बहादुर जिसी निर्मललाई प्रस्ताव गरेका छन्।राजीनामासँगै उनले उक्त प्रस्ताव पनि गरेका हुन्। मंगलबार पार्टी हेडक्वाटरमा इमेलमार्फत् तथा बुटवलमै रहेका प्रदेश संयोजक एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा बुझाएका हुन्।

पार्टी स्थापना दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा) को जिल्ला अध्यक्ष र सचिवको घोषणा भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement