मेयर कप फुटबलमा क्वाटरफाईनल समीकरण पूरा


कैलाली— धनगढी उपमहानगरपालिकाको आयोजनामा वडा नम्बर १२ मा जारी मेयर कप फुटवल प्रतियोगिताको क्वाटरफाईनल समिकरण पुरा भएको छ । बुधबार दुई वटा खेल सम्पन्न भएसगै अन्तिम आठमा पुग्ने टीमहरुको टुङगो लागेको हो ।

मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबारका खेलमा जित दर्ता गर्दै वडा नम्बर १९ र वडा नम्बर १२ क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।
मनकामना युवा क्लबको मैदानमा भएको पहिलो खेलमा वडा नम्बर १९ विजयी भएको छ । वडा नम्बर १९ ले वडा नम्बर १८ लाई २–० ले हराएको हो । खेलको दोस्रो हाफमा आफ्नो वडालाई जिताउन वडा नम्बर १९ का मनिष मगर र सुदिप बोहराले १÷१ गोल गरे ।

बुधबार भएको दोस्रो खेलमा वडा नम्बर १२ विजयी भएको छ । वडा नम्बर ४ लाई टाईब्रेकरमा ४–२ ले किनारा लगाएको हो । रोमाञ्चक बनेको खेलको अन्त्यमा ४ नम्बर वडाको अग्रतालाई तोड्दै वडा नम्बर १२ ले गोल गरेपछि खेल पेनाल्टीमा गएको थियो । यसअघि एक एकको बराबरी भएको थियो । वडा नम्बर ४ का लागि कुवेर सिंह र वडा नम्बर १२ का लागि संन्दिप गुरुङले गोल गरे ।

नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगिता अन्तर्गत बिहिबारदेखि क्वाटरफाइनलका खेल हुनेछन् । पहिलो खेलमा वडा नम्बर ७ र वडा नम्बर १५ तथा दोस्रो खेलमा वडा नम्बर १२ र वडा नम्बर १६ प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेतालाई एक लाख एक हजार र उपविजेतालाई ५१ हजार नगद पुरस्कार दिईनेछ । प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ । वडाका खेलाडीहरुलाई छनोट गरेर उपमहानगरपालिकाको टीम समेत बनाईने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement