चार राजदुतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश


काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतले आज आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा चार मुलुकका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रमाणपत्र पेश गर्नेमा गैरआवासीय राजदूत नेपालका लागि गणतन्त्र युगाण्डाका दिनह ग्रच अकेलो, बोस्निया एण्ड हर्जगोभिनाका मोहम्मद सेन्जिक, गणतन्त्र मालीका सेकोउ कस्से र गणतन्त्र साइप्रसका अगिश लोइजोउ रहेका छन्।

सो समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीसमेतको उपस्थिति थियो । राजदूतहरुलाई यहाँस्थित होटल साङ्ग्रिलादेखि शीतल निवाससम्म बग्गीमा सवार गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement