कस्मिरमा तनावः पाँच भारतीय र तीन पाकिस्तानी सैनिक मारिए


काठमाडौँ—स्वायत्तता खारेज गरी भारतको केन्द्र प्रसासित कायम गरिएको कस्मिरमा तनाव पैदा भएको छ।

कस्मिरको ‘लाइन अफ कन्ट्रोल’ मा भारतीय र पाकिस्तानबीच गोली हानाहान भएको छ। बिहीबार भएको घटनामा ५ भारतीय र ३ पाकिस्तानी सैनिक गरी ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पाकिस्तानी सेनाका प्रवक्ता आशिफ गफुरले बिहीबार साँझ ट्वीट गर्दै दोहोरो गोली हानाहानमा तीन जना पाकिस्तानी सेनाले सहादत पाएको उल्लेख गरेका छन् । पाकिस्तानी सेनाका नायक तन्धिर, लान्से नायक तैमुर र सेपोय रमाजनको मृत्यु भएको उनको ट्वीटमा उल्लेख छ।

यसअघि गत अगष्ट ५ मा भारतले जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा ३७० खारेज गरेर जम्मु कस्मिर र लद्दाखलाई दुई केन्द्र शासित क्षेत्रमा बाँडेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement