राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

पत्नी सीता दाहालको उपचारपछि आइतबार मात्रै अध्यक्ष दाहाल सिंगापुरबाट स्वदेश फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement