रिक्त राजदूतमा पदपूर्ति हुँदै

रिक्त राजदूतमा पदपूर्ति हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल सरकारले रिक्त राजदूतमा चाँडै पदपूर्ति गर्ने भएको छ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले छिमेकी भारतलगायत तीन मुलुकका लागि राजदूत सिफारिस गरेको छ भने अन्य रिक्त राजदूतको पनि चाँडै सिफारिस गरिने परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले जनाएका छन्। सिफारिस भएका नामबारे संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ गर्नेछ।

मन्त्रिपरिषद्को बैठकले भारतका लागि नेपाली राजदूतमा कानुनविद् तथा बुद्धिजीवी नीलाम्बर आचार्य, मलेसियाका लागि पूर्वराजदूत उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्सका लागि मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिश गर्ने निर्णय गरेको थाहा भएको छ ।तीन राजदूत नियुक्तिसँगै अब संयुक्त राष्ट्र सङ्घको स्थायी नियोगका आवासीय प्रनितिधि (राजदूत) को सिफारिस हुन बाँकी छ भने केही समयपछि ६ मुलुकका राजदूत पद रिक्त हुनेछन् । रासस