सम्पत्ति विवरण नबुझाउने १९१३४ पदाधिकारी र सरकारी कर्मचारीलाई कारवाहीको सिफारिस


काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले दुई हजार ३ सय ७७ जना कर्मचारीले कारवाहीका लागि सिफारिश गरेको छ।

केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मंगलबार आर्थिक बर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन पेश गर्दै उक्त सिफारिस गरेको हो।

केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेका अनुसार केन्द्रले एक हजार १४० सरकारी कार्यालयको अनुगमन गरी समय पालना नगर्ने र समयमा कार्यालय नआउने दुई हजार ३७७ जना कर्मचारीले कारवाहीका लागि सिफारिश गरिएको प्रतिवेदनमा उल्लेख
छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगबलार प्रधानमन्त्रीसमक्ष केन्द्रका सचिव विष्णुओम वादेले १६ औँ वार्षिक प्रतिवेदन बुुझाए।। वार्षिक प्रतिवेदनमा केन्द्रमा परेका एक हजार २३९ मध्ये ९०३ उजुरी फछ्र्योट गरिएको उल्लेख गरिएको छ।

तीमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएका १५८, सम्बन्धित निकायमा पठाइएका ४३ र अन्य तामेलमा भएका ७०२ छन् । केन्द्रले राष्ट्रिय गौरवका १८ र अन्य आयोजनातर्फ १८ वटाको प्राविधिक परीक्षणसमेत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

केन्द्रले सम्पत्ति विवरण नबुझाउने १९ हजार १३४ जना सार्वजनिक पद धारण गरेका पदाधिकारी र सरकारी कर्मचारीलाई कारवाहीका लागि आयोगमा पठाइएको उल्लेख गरिएको छ ।

वार्षिक प्रतिवेदनमा सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारीले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित निकायले सम्पत्ति विवरण बुझाउन लगाउनुपर्ने सुझाव दिइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement