अर्थ समाचार

‘बैंकको व्याजदर नघटे व्यवसायी आन्दोलित हुने अवस्था आउन सक्छ ’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंकको व्याजदर नघटे उद्योगी–व्यवसायीहरु यसैलाई ईस्यु बनाएर आन्दोलित हुनुपर्ने अवस्था आउनसक्नेतर्फ सरकारको ध्यानाकार्षण गराए ।

Dish Home

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘विराटनगरबाट सुरु भएको असन्तुष्टि अहिले देशको सबै ठाउँमा देखिएको छ । उद्योगी तथा व्यवसायीहरु आन्दोलित हुने अवस्था सिर्जना भएको छ । भर्खरै हामीले विराटनगरमा उद्योगमन्त्री मातृका यादव र प्रदेश नम्बर १ का मन्त्री र एक नम्बर प्रदेशका १६ वटै जिल्लाका उद्योग व्यवसायीहरुको उपस्थितिमा छलफल गर्यौं । माघ मसान्तभित्र सहमतिको वातावरण बनाउने भनिएको छ । अब सरकारले छिट्टै यो समस्या समाधान गर्न पहल गरोस् ।’

प्रधानले मुलुकमा व्यापार घाटा आकाशिएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘नेपाललाई चाहिने विस्कुट र चाउचाउ देशकै उत्पादनले पुग्छ, तर बाहिरबाट आयात भैरहेको छ । घरेलु र स्वदेशी उद्योगलाई प्रर्वद्धन गर्नुपर्छ । यतातर्फ सरकारले सोच्नुपर्छ ।’

देशको आर्थिक अवस्था यस्तै रहि रहे नेपाल असफल राष्ट्र बन्नेपनि उनले खतरा औंल्याए । उनले भने,‘आर्थिक अवस्था यस्तै रहीरहे नेपाल ‘फेलियर–स्टेट’ हुन्छ । त्यतातर्फ सबैले ध्यान दिन जरुरी छ ।’

उनले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनुपर्ने सवालमा नेपाल सरकारकै मन्त्रीहरुवीच कुरा बाझिएको प्रति टिप्पणी गर्दै भने,‘कुन मन्त्रीले के बोल्ने ? भन्ने कुरा पोलिसी लेभलमै राख्नुपर्छ ।’

मार्चमा लगानी सम्मेलन हुन लागिरहेको सुनाउँदै उनले योभन्दा अघि भएको लगानी सम्मेलनको प्रतिफल के आयो ? भन्नेबारेपनि फलो–अप गर्नुपर्ने बताए । उनले भने,‘विदेशी लगानी भित्र्याउनु राम्रो कुरा हो । त्यसको लागि नेपालमै लगानीको वातावरण बनाउनुपर्छ । यहाँकै उद्योगीहरुलाई प्रोत्साहित गर्नुपर्छ ।’

उनले नेपालमा औषधी उत्पादन प्रशस्त भएको सुनाए । प्रधानले थपे,‘नेपालमा अधिक औषधी उत्पादन भएका छन् । तर, अण्डर टेबल रिलेशनका कारण स्वदेशी उत्पादन खपत हुन सकिरहेको छैन ।’

नेपाल कृषि प्रधान देश भनिएपनि १०० अर्बभन्दा बढिको भारतबाट कृषिका वस्तुहरु नेपाल आयात हुने गरेको उनको भनाई थियो । उनले आफ्नो मुलुकमा साना तथा मझौला उद्योग (एसएमई) हरूको विकास र तिनको प्रवर्द्धनका लागि ध्यान दिनुपर्ने सुझाव दिए ।

प्रधानले सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने धारणा राखे । उनले भने,‘अनिमात्रै आर्थिक विकास हुन्छ । समृद्धिको सपना पूरा हुन्छ । दुवै पक्षबीच विश्वासको वातावरण बनाउनुपर्छ ।’

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

SUMEGH
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top