गैँडा गणनाका लागि दाता खोज्दै सरकार


काठमाडौं– नेपालमा एकसिङ्गे गैँडा गणनाका लागि सरकारले दाता खोज्न थालेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मार्च÷अप्रिलमा गैँडा गणनाको तयारी गरेको छ । तर बजेट नभएपछि दाताको खोजी गर्नुपरेको हो ।

विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार गैँडा गणनाका लागि करीब एक करोड खर्च हुन्छ । त्यसका लागि यसअघि पनि सहयोग गरिरहेका दातृ निकायसँग सहयोगका लागि प्रस्ताव गरिएको उनले बताए। मार्च÷अप्रिलमा गैँडा गणनाको तयारी गरिएको भए पनि बजेटको निक्र्यौल भइनसकेकाले मिति तय गर्न नसकिएको खड्काले बताए।

उनले भने, ‘हामीसँग पैसा छैन, दाता खोजिरहेका छौँ । दाताको टुङ्गोसँगै गणनाको मिति तय हुन्छ।’ यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । गत वर्षको वर्षात्मा बाढीले धेरै गैँडा बगाएको र कालगतिका कारण धेरै गैँडा मरेकाले यो वर्षको गणनालाई महत्वका साथ हेरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले गैँडा गणना गर्न २५ दिन लाग्ने बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement