न्यूजिल्याण्डकी प्रधानमन्त्रीको दुई मिनेटको भिडियो भाइरल, के बोलेकी थिइन ?


एजेन्सी – न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले आफ्नो सरकारले दुई वर्षमा पुरा गरेका उपलब्धीहरु भिडियोमार्फत जानकारी गराएकी छन् ।

उनले सोसल मिडियामा सेयर गरेको दुई मिनेटको भिडियो अहिले भाइरल भइरहेको छ । दुई मिनेटको यो भिडियोका लागि आर्डनलाई यो चुनौती उनको टिमले दिएको उनले बताएकी छिन् । अहिलेसम्म यसलाई २७ लाखले हेरिसकेका छन् । भिडियो हेरेपछि मानिसहरुले उनको निकै तारिफ पनि गरेका छन् ।

दुई मिनेटको यो भिडियोमा जेसिन्डाले उनको सरकारले दुई वर्षमा ९२ हजारलाई जागिर दिएको, २२ हजार स्टेट हाउसेज बनाएको, प्रदुषण र क्यान्सरबाट बच्नका लागि शून्य कार्बन बिल सदनमा ल्याएको, हाइवेलाई मानिसहरुका लागि थप सुरक्षित बनाएको, जेलमा कैदीको संख्या कम भएको लगायत आफ्नो सरकारका थुप्रै उपलब्धिहरु बताएकी छन् । जेसिन्डा अर्डन न्यूजिल्याण्डकी सबैभन्दा युवा प्रधानमन्त्री हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement