न्युजिल्यान्डको दुईवटा मस्जिदमा गोलाबारी, २७ जनाको मृत्यु


एजेन्सी– न्युजिल्यान्डको क्राइस्ट चर्चस्थित दुईवटा मस्जिदमा भएको गोलाबारीमा २७ जनाको मृत्यु भएको छ। न्युजिल्याण्ड हेराल्डका अनुसार गोलीबारीमा २७ जनाको मृत्यु भइसकेको छ भने कैयौँ घाइते छन् ।

गोलाबारीमा धेरै हताहत भएको अनुमान गरिएको छ। अल नूर र एक अर्को मस्जिदमा गोलाबारी भएको बताइएको छ। प्रत्यक्षदर्शीले गोलीबारीपछि अल नूर मस्जिदमा रक्ताम्य भएर धेरै जना भुइँमा लडेको देखेको बताएका छन्।

घाइतेहरुलाई अस्पताल लैजाने काम भइरहेको छ । प्रहरीले सेन्ट्रल क्राइस्टचर्चलाई चारैतिरबाट घेरा हालेको छ । हमलाकारी मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तर उनको संलग्नता पुष्टि भएको छैन । प्रहरी अधिकारी माइक बुसका अनुसार गोलाबारी गर्नेमध्ये एक व्यक्तिलाई हिरासतमा लिइएको छ। उनले भने, ‘अहिले यस घटनामा कोको संलग्न थिए भन्ने बारे अनुसन्धान भइरहेको छ।’

न्युजिल्याण्डका प्रधानमन्त्री जैसिन्डा अर्डर्नले यो घटना न्युजिल्याण्डको इतिहासमा सबैभन्दा कालो दिन रहेको बताएका छन् । सो क्षेत्रमा विद्यालय र अस्पलात बन्द भएका छन् । उक्त मस्जिद नजिकै बंगलादेशका क्रिकेट खेलाडी पनि थिए । खेलाडीहरु भने सुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement