न्युजिल्याण्डमा शक्तिशाली भूकम्प

न्युजिल्याण्डमा शक्तिशाली भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – न्युजिल्याण्डमा तीनपल्टसम्म शक्तिशाली भूकम्पको महसुस भएकाे छ । तीन शक्तिशाली भूकम्पको धक्का महसुस गरिएसँगै न्युजिल्याण्डमा समुद्री आँधीको चेतावनी दिइएको थियो तर पछि उक्त चेतावनी हटाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँ रहेका हजारौँ नागरिकहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहेका छन् । अधिकारीहरूले न्यू क्यालेडोनिया, मानुआतु टापूहरुमा समुद्रको ठूलो छाल आउन सक्ने चेतावनी दिँदै सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् ।

त्यहाँका तटीय क्षेत्रहरुमा समुद्रको पानी १० फिटसम्म उठ्न सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि अमेरिका, चिली पेरु, चिली, इक्वेडर र अमेरिकाका केही केही स्थानमा समेत १ मिटरसम्मको छाल उठ्न सक्ने अनुमान गरिएको छ ।

बिहीवार दक्षिणी प्रशान्त महासागर क्षेत्रमा ७.२ रेक्टर स्केलकाे शक्तिशाली भूकम्प गएकाे थियाे । उक्त शक्तिशाली भूकम्पपछि शतर्कता अपनाइएको हो ।