ब्राजिलको कप्तानबाट नेमार आउट, कसले मारे इन्ट्री ?


एजेन्सी – ब्राजिलको कप्तान नेमारलाई हटाउँदै ब्राजिलियन फुटबल संघ ९सीबीएफ० ले कोपा अमेरिकाका लागि डिफेण्डर डानी अल्भेजई नयाँ कप्तान चयन गरेको छ ।

ुसीबीएफले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, ‘डानिएल अल्भेजले कतार र होण्डुरोस विरुद्धको मैत्रीपूर्ण खेल र कोपा अमेरिकामा ब्राजिलको कप्तानी गर्नेछन् ।’ अल्भेजले पछिल्लो पटक सन् २०१८ मार्चमा जर्मनी विरुद्ध ब्राजिलको कप्तानी सम्हालेका थिए ।

रसियामा गत वर्ष भएको विश्वकपको केही महिनापछि प्रशिक्षक टिटेले नेमारलाई स्थायी कप्तान चयन गरेका थिए । रसिया विश्वकपमा ब्राजिल क्वाटरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो ।

यस पटक नेमारलाई हटाउँदै फ्रेन्च लिगमा उनीसँगै खेल्ने ३६ वर्षीय अल्भेजलाई कप्तान चयन गरिएको हो ।

कोपा अमेरिका २०१९ आगामी जुन १४ देखि जुलाई ७ सम्म ब्राजलिमै आयोजना हुँदैछ । आठ पटकको च्याम्पियन ब्राजिलले सन् २००७ यता उपाधि जित्न सकेको छैन ।

यस पटक समुह ए मा रहेको ब्राजिलले जुन १४ मा बोलियासँग पहिलो खेल खेल्नेछ । यस समूहमा ब्राजिल र बोलियासँगै पेरु र भेनेजुएला छन् ।

यस्तै समूह बी मा अर्जे्न्टिना पाराग्वे, कोलोम्बिया र कतार छन् भने समूह सी मा उरुग्वे, इक्वेडर, चिली र जापान छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement