एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज नेम्वाङ


काठमाडौं– पंकज नेम्वाङले अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन् ।

एन्फा कार्यसमितिको मंगलबारको बैठकले निर्वाचनमा सर्वाधिक मत ल्याएको आधारमा पंकजलाई वरिष्ठ उपाध्यक्षमा नियुक्त गरेको हो ।

एक वर्षअघि भएको एन्फाको चुनावी साधारण सभाबाट चार उपाध्यक्ष पदमा नेम्वाङ सहित बीरबहादुर खड्का, कृष्ण थापा र उपेन्द्रमान सिंह निर्वाचित भएका थिए । तर वरिष्ठ उपाध्यक्षको लागि चारै जनाले दावेदारी प्रस्तुल गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement