अन्तत: एन्फाले थ्रीस्टारलाई साढे एक करोड क्षतिपूर्ति दिने,‘ए’ डिभिजन लिगका लागि यी १६ टिम


काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्ततः थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने भएको छ।

 

एन्फाको बिहीबारको बैठकले थ्रीस्टारलाई एक करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको हो।

 

एन्फाको गल्तीका कारण गत वर्षको मंसिरमा थ्रीस्टार एएफसी कपको दोस्रो चरण खेल्नबाट वञ्चित भएको थियो। प्रतियोतिगामा भाग लिन नपाएपछि थ्रीस्टारले ६ करोड रुपैयाँ क्षतिपूर्ति मागेको थियो। तर, एन्फाले साढे एक करोड क्षतिपूर्ति दिने निर्णय गरेको हो।

 

एन्फाले गरेको क्षतिपूर्तिको निर्णयलाई असोज २३ गते हुने विशेष साधारणसभाले पारित गर्नुपर्नेछ।

 

 

‘ए’ डिभिजन लिगमा १६ टिम
यसैबीच, एन्फाले ‘ए’ डिभिजन लिग सञ्चालनका लागि १६ टीमको सहभागिता गराउने निर्णय गरेको छ।उसले राजधानीभित्रका १२ र बाहिरका ४ टिमको सहभागितामा गर्ने निर्णय गरेको हो।

 

 

साथै बैठकले लिग होम एण्ड अवेका आधारमा सञ्चालन गर्ने निर्णय गरेको छ।

 

लिगमा सहभागिता जनाउने राजधानी भित्रका ए डिभिजन क्लबहरुमा थ्रीस्टार, फ्रेण्ड्स, आर्मी, पुलिस, एपीएफ, मनाङमस्र्याङदी, मछिन्द्र, संकटा, हिमालयन शेर्पा, सरस्वती, ब्रीज ब्वाइज र जावलाखेल रहेका छन्।

 

त्यस्तै, राजधानी बाहिरका झापा ११, मोरङ, रुपेन्देही र सुदूरपश्चिमले ए डिभिजन लिगमा प्रतिस्पर्धा जनाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement