अनशनरत यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

अनशनरत यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सरकारसँग भएको सहमति कार्यान्वयन लगायतका माग राखेर १२ दिनदेखि आमरण अनशनमा रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार यादवको स्वास्थ्य अवस्था तथा अनशनस्थलमा उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे जानकारी लिन आयोगको टोली माइतीघर पुगेको थियो ।

अनुगमनका क्रममा लामो समयको आमरण अनशनका कारण यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार यादवको सुगर र रक्तचाप घट्दै गएको पाइएको छ । अनशन सुरु भएको १२ दिन बितिसक्दा पनि सरकारका तर्फबाट स्वास्थ्य उपचार वा वार्ताका लागि पहल नभएको अनुगमनबाट बुझिएको आयोगले जनाएको छ ।

आयोगले अनशनरत व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न तथा उनको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले सम्बन्धित पक्षबिच वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न समेत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।