प्रधानमन्त्री ओलीलाई मानवअधिकार आयोगले भन्यो – उत्तेजनापूर्ण अभिव्यक्ति नदिनू

प्रधानमन्त्री ओलीलाई मानवअधिकार आयोगले भन्यो – उत्तेजनापूर्ण अभिव्यक्ति नदिनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय मानवअधिकार आयोगले उत्तेजनापूर्ण अभिव्यक्ति नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रण हुनुपर्छ’ भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले चिन्ता व्यक्त गरेको छ ।

‘देशमो शान्ति सुुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासन विपरीत हुनुका साथै निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाइ छ । शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानूनले निषेध गरेको छैन । यस परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्र्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति चिन्ताजनक छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरुप्रति लक्षित गरी मूठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानवअधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जान्छ ।’