नारी दिवसमा महिला ग्राहकका लागि एन आई सी एशियाले ल्यायो विशेष योजना


काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकहरूका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

बैंकले यस योजना अन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात फागुन २५ गते मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने एक सय जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा १०,०००  सम्म नगद फिर्ता प्राप्त गर्ने जनाएको छ ।

महिला ग्राहकहरूले Mo-Bank एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, QR Payment लगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ । तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन । यस योजनाले आफ्ना सम्पूर्ण महिला ग्राहकहरूलाई सम्मान गर्नुका साथै उनीहरूमा डिजिटल बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकहरूले पर्याप्त फाइदा उठाउँदै आएको बैंकले जनाएको छ ।

जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक १५,४००  सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासि ६,०००  सम्मको लाभ ग्राहकहरूले लिई रहेका छन् । बैैंकले डिजिटल बैकिङ्गलाई प्रवद्र्धन गर्न २ हजार भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २५ प्रतिशतसम्म छुट ग्राहक महानुभावहरूले प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । Digital First को रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित हुन सफल भैसकेको यस बैंक विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रुपमा अघि बढिरहेको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५८ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement