एनआईसी एशिया बैंक पनि मर्जरमा जाने


काठमाडौं – एनआईसी एशिया बैंक मर्जरमा जाने भएको छ । एनआईसी एशियाले मर्जरमा जानको लागि आफ्नो प्रतिबद्धता राष्ट्र बैंकलाई बुझाएको छ ।

पछिल्लो तीन वर्षमा आक्रामक शाखा विस्तारसँगै व्यवसाय बढाएको एनआईसी एशियाको अहिले वाणिज्य बैंकमा सबैभन्दा बढी शाखा रहेका छन् । राष्ट्र बैंकमा एनआईसी एशियाले मर्जरमा जान तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकले अहिलेसम्म संस्था पहिचान भने गरेको छैंन । बैंकको संचालक समितिको बैठकले मर्जरमा जान तयारी गर्ने जिम्मा भने व्यवस्थापनलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement