एन आई सी एशिया बैंकको ‘सुपर चमत्कारिक मासिक निक्षेप योजना’ सार्वजनिक


काठमाडौं – विगत २२ वर्षदेखि ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले सबै ग्राहक महानुभावहरुलाई अधिकतम सुविधा प्रदान गर्ने उद्वेश्यले ‘सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता’ को नाम परिर्वतन गरि नयाँ ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ सार्वजनिक गरेको छ ।

सबै तह र तप्काका सबै ग्राहक महानुभावहरुले उपयुक्त “सुपर चमत्कारिक मासिक निक्षेप खाता” मार्फत यस बैंकमा खाता खोली अधिकतम लाभ लिन सकिने बैंकले जनाएको छ ।

यो योजनाअन्तर्गत थोरै–थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमित रुपमा बचत गरी आवश्यकताहरु पूरा गर्न, भविष्यका योजनाहरु जस्तै विदेश भ्रमण, इच्छाइएको बहुमूल्य सरसामानहरु जोड्न र बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिनेछ । यस निक्षेप योजनाबाट आम जनमानसको बचत गर्ने बानीलाई थप सहज बनाउँदै, प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सकिने विश्वास बैंकले लिएको छ ।

यस निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम रु. ५०० को गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिने बैंकले जनाएको छ । कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा रु. १०० को गुणन दरले रु. ५०० भन्दा बढी रकम जम्मा गरी ९.७५% व्याज प्राप्त गर्न सकिनेछ । मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग वा सिधै उपयुक्त पर्ने बैंकको शाखामार्फत् रकम जम्मा गर्न सकिने सुविधा पनि यस योजनामा रहेको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । १८ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement