एनआईसी एशिया बैंकमा ‘तलव बचत खाता’ खोल्नुहोस्, विना धितो ऋण पाउनुहोस्


काठमाडौं – एनआईसी एशिया बैंकले सबै कर्मचारीहरुका लागि विना धितो ऋणसुविधा उपलब्ध गराउने नयाँ योजना ल्याएको छ । नयाँ योजना अन्तर्गत सबै कर्मचारीहरुले २५ महिनाको तलब वा १५ लाख रुपैयाँ विना धितो ऋण लिन पाउने बैंकका प्रदेश १ प्रमुख लक्ष्मण चालिसेले जानकारी दिएका छन् ।

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै चालिसेले १५ नयाँ वचत निक्षेप योजनाहरुलाई सार्वजनिक गर्दै कुनैपनि कार्यालयले सो बैंकमा ‘तलव बचत खाता’ खोल्नुपर्ने र सो खाता खोलेका कार्यलयका कर्मचारीले २५ महिनाको तलव वा १५ लाख रुपैयाँ विना धितो ऋण लिनसक्ने जानकारी दिए । उनका अनुसार बैंकले ल्याएको उक्त योजना चैत २० गतेबाट सुरु भएको छ । साथै बैंकमा ‘तलव बचत खाता’ खोलेका कर्मचारीहरुले तीन महिनाको तलव समेत अग्रिम लिन पाउने सुविधा रहेको चालिसेले बताए ।

बैंकको प्रदेश १ मा मात्र ५२ शाखा, चार एक्टेन्सन, ८ शाखा रहित बैंक र ६४ एमिट सेवावाट ग्राहकहरुले सुविधा दिइरहेको छ । प्रदेश १ को १४ जिल्लामध्ये ११ जिल्लाका जनतालाई बैंकिङ सेवा दिइरहेको बैंकले बताएको छ । बैंकले प्रदेश १ मा गत आ.व.मा १८ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरेको र २८ अर्व २० करोड रुपैयाँ ऋृण लगानी गरेको छ । बैंकको प्रदेश १ मा ३७५ कर्मचारीहरुले ३ लाख २ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement