एनआईसी एशिया बैंकको धितोपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल


काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले ४० करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बैंकले एक हजार अंकित दरका ४४ लाख कित्ताले हुन आउने ४ अर्ब ४० करोड रुपैयाँ बराबरको सात वर्षको अवधिमा परिपक्व हुने ‘एनआई सी एशिया ऋणपत्र २०८३-८४’ निस्कासन गरेको हो।

प्रस्तावित १०.२५ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकले लिएको छ। उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा एनआई सी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशीले हस्ताक्षर गरेका छन्।

४ अर्ब ४० करोड बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब ७६ करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ। प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत वार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो।

प्रतिक्रिया दिनुहोस
Advertisement