एनआईसी एशिया बैंकले तेस्रो त्रैमासिकसम्म कमायो २ अर्ब ५० करोड खुद नाफा


काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७६/७७ को तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विश्वव्यापी महामारी (कोभि १९) को कारण सृर्जित असहज परिस्थितिको बाबजुद बैंकले चालु आवको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२ प्रतिशत ( ३८ करोड रुपैयाँ) ले वृद्धि गरी ३ अर्ब ६० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १० प्रतिशत (२६ करोड) को वृद्धिसहित २ अर्ब ५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा २ अर्ब २८ करोड रहेको थियो ।

बैंकका अनुसार यस आवको तेस्रो त्रैमाससम्ममा कर्जातर्फ २५ अर्बले वृद्धि गरी १ अर्ब ७५ करोड र निक्षेप संकलनतर्फ १५ अर्बले वृद्धि गरी १ अर्ब ९६ करोड पु¥याएको छ । कर्जा तथा निक्षेपको हिसाबले एन आई सी एशिया बैंक देशमै अग्रणी मध्येमा परेको बैंकले जनाएको छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७४ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पुर्ण रूपले पालना गरेको छ । विविधिकरण कै रणनीति अनुरूप बैंकको उच्चतम दश ग्राहकहरूको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट हुने बैंकले जनाएको छ ।

निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरूप अघि बढिरहेको छ । बैंकको कुल निक्षेप हाल कुल निक्षेपको ८ प्रतिशत ७ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये एक हो ।

बैंकले चालु आवको ९ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको जनाएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा १५ अर्बले बढेको छ । निक्षेप तर्फ १० ग्राहकहरूको अंश ११ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । चल्ती तथा बचत निक्षेपको हिसाबले यस बैंक देशकै अग्रणी बैंकहरुमा पर्दछ ।

यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement