एनआईसी एसिया र सी.पी. हस्पिटल धनगढीबीच सम्झौता


काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेड र सी.पी. हस्पिटल प्रा.लि. धनगढीबीच सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई सी.पी. हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गरिनेछ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सी.पी. हस्पिटलको तर्फबाट हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरे ।

मुलुकभर बैंकको दुई सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटीएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकका करिब १६ लाख ग्राहक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement