एनआईसी बैंकका २२ चामत्कारिक निक्षेप योजना


काठमाडौं – शाखा सञ्जालको हिसाबले सबैभन्दा ठूलो एनआईसी एसिया बैंकले २२ वटा चामत्कारिक विशेषतायुक्त नयाँ बचत निक्षेप योजना ल्याएको छ। सबै वर्ग तथा सबै क्षेत्रलाई समेट्ने गरी बैंकले उक्त योजना ल्याएको हो।

एनआईसी एसियाले ल्याएको निक्षेप योजनामा चामत्कारिक बचत खाता, चामत्कारिक नारी बचत खाता, चामत्कारिक ज्येष्ठ नागरिक बचत खाता, चामत्कारिक बाबुनानी बचत खाता, चामत्कारिक विद्यार्र्थी बचत खाता, चामत्कारिक स्वरोजगार बचत खाता, चामत्कारिक तलब बचत खाता ल्याएको छ।

उक्त निक्षेप योजनाहरुमा ग्राहकले १५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र १५ लाख रुपैयाँसम्मको १८ घातक रोगहरुको बीमा तथा १ लाख ५० हजार रुपैयाँसम्मको औषधि उपचार बीमा सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले भनेको छ। साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको योजनामा २२ चामत्कारिक फाइदाहरु रहेको बैंकले जनाएको छ। योजनाले उल्लिखित सबै क्षेत्र, भेग, तह र तप्कामा फाइदा पुग्ने बैंकको दाबी छ।

यो चामत्कारिक बचत निक्षेप खाताहरु बैंकको मुलुकभर रहेको आफ्ना २ सय ८१ वटै शाखा कार्यालयहरु, अनलाइनबाट ग्राहकहरुले सहज रुपमा झन्झटविनै खोल्न सक्ने बैंकको भनाइ छ। बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा उल्लिखित सुविधाहरुको अतिरिक्त नेपालमै पहिलोपटक ‘स्विप इनरस्विप आउट’को सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाइने बैंकले जानकारी गराएको छ।

देशैभर रहेका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा लगायत चामत्कारिक फाइदाहरु समेत प्रदान गरिने गरी चामत्कारिक बचत खाताहरुको योजना ल्याइएको बैंकले जनाएको छ। योजनाअन्तर्गत सुन तथा चाँदीका सिक्काहरु प्रदान गर्ने योजनाका साथ चामत्कारिक नारी बचत योजना, घरमै बैंकिङ्ग सुविधा प्रदान गर्नसक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्रसहितको चामत्कारिक ज्येष्ठ नागरिक बचत योजना तथा थप चामत्कारिक सुविधाका साथ चामत्कारिक बाबुनानी बचत योजना, चामत्कारिक विद्यार्थी बचत योजना र आम कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदान गर्ने चामत्कारिक फाइदाहरुको साथ चामत्कारिक तलब बचत योजना बैंकले सार्वजनिक गरेको छ।

मुलुकभर २ सय ८१ शखा कार्यालयहरु, २ सय ८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग इकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ। करिब १५ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
Advertisement