मन्त्रिपरिषदको बैठक बस्दै : गूप्तचरमा हुतराज थापालाई आईजीपी बनाउने तयारी


काठमाण्डु – देशको एक मात्र गूप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको आईजीपी आज नियुक्त हुंदैछ । मन्त्रिपरिषदको आज ४ बजे बस्ने बैठकले गूप्तचरको प्रमुखमा हुतराज थापालाई नियुक्त गर्ने तयारी छ ।

आईजिपीका लागि एआईजी ओम जोशी समेत प्रतिस्पर्धामा छन् । तर, वरियताका आधारमा थापालाई बढुवा गर्न लागिएको हो । थापा आईजीपी हुंदा समेत उनिपछि जोशी आईजिपी बन्ने लाइनमा छन् ।

थापा ३ वर्षका लागि आईजीपी बन्नेछन् । गूप्तचर प्रमुखको पदावधि थपसम्बन्धी विद्येयक अहिले प्रतिनिधिसभाको समितिमा छलफलको क्रममा छ । त्यसमा गूप्तचर प्रमुखको कार्यकाल ४ वर्ष बनाउने प्रस्ताव छ । यो जस्ताको त्यस्तै पारित भयो भने उनी ४ वर्ष आईजीपी बन्नेछन् ।

त्यसैगरी आजको बैठकबाट एआईजीमा डिआईजी टेकेन्द्र कार्कीलाई बढुवा गर्ने तयारी छ । गूप्तचरका प्रमुख यदु खरेल ३० वर्षे सेवाअवधिका कारण आजै अवकास पाउंदैछन् ।  उनको भोली विदाई कार्यक्रम राखिएको छ ।

यता,सशस्त्र प्रहरी बलमा एआईजीको दरबन्दी थप्ने खेल अन्तिम चरणमा पुगेको छ । मन्त्रिपरिषदको बैठकले सशस्त्रमा एक जना एआईजीको दरबन्दी स्वीकृत गरेर डिआईजी बंशिधर दाहाललाई बढुवा गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement