गुप्तचर विभागमा उथलपुथल :खरेल आईजिपी बन्दै जोशीको एआईजीमा बढुवा हुने सम्भावना बढी


काठमाण्डु– राष्ट्रिय अनुसन्धान विभागका डिआइजी लक्ष्मण गुरुङले अवकास पाएका छन् । गुप्तचरमा आइजिपीको दावेदार मानिएका गुरुङले एआइजी नै नवनी मंगलवारबाट अवकास पाएका हुन । गुप्तचरको उमेर र सेवा अवधिको नयाँ व्यवस्था गरिएको ऐन पारित नभएपछि उनले अवकास पाएको बताइएको छ ।

हाल गुप्तचर प्रमुख रहेका गणेश अधिकारी आगामी जनवरी पहिलो साता अवकासमा जांदैछन् । उनको कार्यकालमा धेरै सुधारका काम भएको बताइन्छ । अधिकारीलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियम परिवर्तन गरेर पदमै राख्न खोजेपनि उनले आफु नियमित प्रक्रियाबाट बिदा हुने इच्छा व्यक्त गरेका थिए ।

हाल गुप्तचर विभागमा दुई एआईजी छन् । गुप्तचरका एआइजी यदु खरेल प्रमुख अधिकारीको उत्तराधिकारी बन्ने निश्चितजस्तै छ । उनी दुई वर्ष गुप्तचरको प्रमुख बन्नेछन् । गुप्तचरका अर्का एआइजी यादव रेग्मीको दरबन्दी फाजिलमा छ । खरेलपछि ओम जोशी आईजिपी बन्ने सम्भावना छ । उनि हाल दुई नम्बर प्रदेशमा कार्यरत छन् ।

रेग्मीपछि एआईजी बढुवा हुने दौडमा ओम जोशी, हरिहर पौडेल, हुतराज थापा र कुलदिप थापा छन । तिमध्ये जोशीको एआईजी बन्ने सम्भावना बढी छ । थापा माओवादी कार्यकर्ताजस्तै हुन भने जोशी कांग्रेस निकट हुन । उनि सुदुरपश्चिमको कंचनपुरका बासिन्दा हुन । जोशीलाई यसअघिको बढुवामा समेत अन्याय भएकाले यसपटक भने उनीमाथी न्याय हुने सम्भावना रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement