गूप्तचरका पांच एसएसपीको डिआईजीमा बढुवा र पदस्थापन,दुईको सरुवा


काठमाण्डु – देशको एक मात्र गूप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा पाँच जना एसएसपीहरु डिआइजीमा बढुवा भएका छन् । एसएसपीहरु ओम खड्का, कृष्ण खनाल, रामप्रसाद दास, प्रजेशसिंह हमाल र भिम बहादुर बुढाथोकीको डिआइजीमा बढुवा भएका हुन् ।

बढुवा भएका चार जना डिआईजीको पदस्थापन समेत भएको छ । जसअनुसार सुदुरपश्चिममा खड्का, प्रदेश नम्बर १ मा खनाल,कर्णालीमा दास, प्रदेश नम्बर २ मा हमाल र बुढाथोकीको भने प्रधान कार्यालयमै पदस्थापन भएको छ ।

त्यसैगरी हाल सुदुरपश्चिममा कार्यरत मधु कार्कीको गण्डकीमा र प्रदेश नम्बर १ मा कार्यरत प्रकाश पाण्डेको बागमतिमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement