कर्मचारीलाई कोरोना भएपछि ललितपुरको आरोग्य प्रतिष्ठान र निदान अस्पताल सिल


काठमाडौं – ललितपुरको आरोग्य प्रतिष्ठान र निदान अस्पताल सिल गरिएको छ । मंगलबार भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया युवती प्रतिष्ठान र अस्पतालकी कर्मचारी रहेको खुलेपछि प्रशासनले सील गरेको हो ।

संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन् । भक्तपुरबाट एम्बुलेन्समा टेकु अस्पताल पुर्याउने एम्बुलेन्स चालक र अर्का सहयोगीको स्वाब संकलन गरिएको छ । सिल गरिएको क्षेत्रमा सुरक्षाकर्मीले कसैलाई पनि छिर्न दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement