चुनावी प्रचारका क्रममा जनकपुरमा पुर्व गृहमन्त्री निधी भए अचानक बेहोस


धनुषा– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि चुनावी प्रचार प्रसारका क्रममा बेहोस भएका छन् । दुई नम्वर प्रदेशको चुनावमा पार्टी उम्मेदवारलाई जिताउन केही दिनदेखी जनकपुरमा सक्रिय निधी जनकपुरमा विहीबार रोड शोको अगुवाई गर्दै गर्दा बेहोस हुन पुगेका हुन् ।

 

निधीको जनकपुर अञ्चल अस्पतालमा उपचार भएको थियो । उच्च रक्तचाप र मधुमेहका बिरामी निधि गर्मीका कारण असहज भएर ढल्न पुगका थिए । चिकिस्तकले उनलाई आराम गर्न सल्लाह दिएका छन् ।

 

 

 

अस्पतालबाट  डिस्चार्ज भएर निधी जनकपुरस्थित सीता प्यालेश होटलमा आराम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement