गूप्तचरमा गृहमन्त्री शर्माको सुधार मार्गचित्र यसरी भयो फेल


रोशन खड्का, काठमाडौं– गृहमन्त्री जनार्दन शर्माले गृहमन्त्री पदमा बहाली भएलगत्तै गृह प्रशासन सुधार मार्गचित्र २०७४ सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको मार्गचित्र महत्वकांक्षी भएपनि लागू हुने अपेक्षा धेरैको थियो । किनभने उर्जामन्त्रीको रुपमा  (बुढीगण्डकी बाहेक) शर्माले गरेका काम साच्चै राम्रा थिए । त्यहि सुविधा मन्त्री शर्मासंग थियो भने गृहमा त्यस्तै कामको अपेक्षा जनताको उनिसंग थियो ।  तर,पछिल्ला दिनमा गृहमन्त्रीका काम कार्वाही सवै बिवादित हुन् पुगेका छन् । प्रहरीको सरुवा–बढुवामा अपारदर्शी काम गरेको र नेपाल प्रहरीमा एआईजीको दरबन्दी हचुवाका भरमा थपेको भन्दै उनले चर्को आलोचना समेत खेप्नुपर्यो ।

 

नेपाल प्रहरीमा एआईजी भागवण्डाका आधारमा बढुवा गरेको र राजनितिक दबावअनुसार मन्त्रीले गृहप्रशासनमा काम गरेको भन्दै उनको आलोचना सुरु भएको छ ।  मन्त्री शर्माको प्रहरीमा मात्र होईन देशको एक मात्र गूप्तचर विभाग राष्ट्रिय अनुसन्धान बिभागबारे ल्याएको कार्ययोजना समेत अलपत्र परेको छ । मन्त्रीमा बहाल हुनेवित्तिकै मन्त्री शर्माले सार्वजनिक गरेको चौथो बुदामा यस्तो लेखिएको थियो । जुन अहिलेसम्म पनि कार्यन्वयनमा आएको छैन् ।

 

“स्पष्ट र पारदर्शी वृति विकास तथा सरुवा प्रणाली नभएकाले प्रहरी कर्मचारी विभिन्न प्रभावशाली व्यक्ति र निकायको ढोका चाहार्न बाध्य हुनुपर्ने अवस्थालाई अन्त्य गर्न नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र राष्ष्ट्रिय अनुसन्धान विभागको लागि आवश्यक पर्ने जनशक्ति को नियुक्ति,बढुवा,क्षमता बिकास र सरुवाका  लागि समय तालिका र निश्चित मापदण्ड तयार गरी अनुमान योग्य प्रणालीको विकास गरिनेछ । बढुवामा स्पष्ट नीति वनाई पद खाली भएको एक महिना भित्र वढुवाको प्रक्रिया अगाडी बढाउने व्यवस्था मिलाईनेछ । ”

 

मन्त्री शर्माले ल्याएको कार्ययोजनाअनुसार सवै सुरक्षा निकायमा पद खाली भएको एक महिनाभन्दा भित्र बढुवाको प्रक्रिया अगाडी बढाउने व्यवस्था मिलाईने भनेपनि गुप्तचर विभागमा भने चार महिनादेखी तिन जना डिआईजीको दरवन्दी रिक्त हुदा पनि हालसम्म कुनै प्रक्रिया अघि बढाइएको छ । जवकी गृहमन्त्री शर्मा आफै मन्त्री भएको दुई महिना बितिसकेको छ । गूप्तचरमा वैशाख ३ मा डिआईजी अभिमन्यु खत्रीले अवकास पाएको चार महिना वितिसक्दा पनि विभाग प्रमुख दिलीप रेग्मीले डिआईजी बढुवा प्रक्रिया अघि बढाएका छैनन् । खत्रीपछि असार ५ मा डिआईजी रविन्द्र पण्डित र राजेन्द्र खत्रीले पनि अवकास पाएको एक महिनाभन्दा वढी भइसकेको छ । 

 

अवको तीन दिनपछि गुप्तचरका एक नम्वरमा एआईजी देवराज भट्ट अवकासमा जादैछन् । त्यसको दुई दिनपछि अर्थात मध्यक्षेत्र हेटौडामा कार्यरत डिआईजी अलि हुस्केर हुसेन साउन २८ मा ३० वर्षे सेवाअवधिको कारण अनिवार्य अवकासमा जादैछन् । भट्ट र हुसेनको अवकासपछि गुप्तचरमा ५ डिआईजीको दरवन्दी रिक्त हुन्छ ।  यसरी गूप्तचर विभागमा पाच पद रिक्त हुदा समेत गृहमन्त्रीले ध्यान दिन सकेका छैनन् । गुप्तचरमा ९ जना डिआईजीमध्ये हाल तीन डिआईजीको पद रिक्त छ भने यो साता पनि बढुवा प्रक्रिया अघि नबढे त्यसको संख्या ५ पुग्नेछ ।  

 

संगठन प्रमुख दिलिप रेग्मीले आफु निकट एसएसपी हरिहर पौडेल र हुतराज थापालाई बढुवा गर्न डिआईजीको बढुवा प्रक्रिया रोकेर राखेको गुप्तचर स्रोतको दावी छ ।  हाल बढुवाको लागी एक नम्वरमा दिल्लीस्थित नेपाली दुतावासमा कार्यरत एसएसपी ओमप्रकाश जोशी,दोस्रो नम्वरमा पोखरामा कार्यरत एसएसपी कुलदेव थापा र तेस्रोमा नम्वरमा गुप्तचरको मुख्यालयमा कार्यरत एसएसपी सुनिल ढकाल रहेका छन् ।

 

ढकाल र थापा छिट्टै अवकासमा जाने भएपनि जोशी भने संगठन प्रमुखको प्रवल दावेदारका रुपमा चिनिन्छन् ।  जोशीकै ब्याचका अधिकृतहरु एसएसपी थापा (प्रशासन) र पौडेल (अपराध)लाई एकै दिन बढुवा गर्न रेग्मीले बढुवा रोक्दा पनि मन्त्री शर्माले त्यसमा कुनै चासो दिएका छैनन् ।  सुरक्षा निकायमा उच्च अधिकृतको बढुवा एक दिन रोक्दा समेत वृति विकासमा अवरोध हुने भएपनि गुप्तचरमा भने आईजीपी रेग्मीले चार महिनासम्म डिआईजीको दरबन्दी रिक्त राख्दा समेत मन्त्री शर्माले त्यसमा कुनै चासो दिएका छैनन् । 

 

 

गृहमन्त्रालयका प्रवक्ता सहसचिव दिपक काफ्ले भने विशेष सेवा ऐन संसोधनसंग बढुवाको सम्बन्ध भएकाले केही ढिलाई भएपनि प्रक्रिया भने सुरु भइसकेको दावी गरे ।  “हामी ऐन नै संसोधनको तयारीमा छौ, त्यसमा पद व्यवस्थापनसंग सम्बन्धीत केही कुरा पनि टुंगो लगाउनुपर्ने भएकाले केही ढिलाई भएको होला तर, बढुवाको लागी छलफल सुरु भइसकेको छ ।” प्रवक्ता काफ्लेले काठमाडौंपाटीसंग भने ।

यता,मन्त्री शर्माले गुप्तचर विभागको काम प्रभावकारी हुन नसकेको भन्दै संगठन प्रमुख दिलिप रेग्मीलाई घटना पुर्व नै सम्भावित घटनाहरुको सूचना पाप्त गर्ने गरी काम गर्न निर्देशन दिएपनि रेग्मीले मन्त्रीलाई सन्तुष्ट बनाउने गरी काम गर्न सकेका छैनन् ।  उच्च स्रोतकाअनुसार रेग्मीको काम चित्त नवुझेपछि मन्त्री शर्माले संगठनकै अर्का एआईजी गणेश अधिकारीसंग पनि ब्रिफिङ लिइरहेका छन् ।  मन्त्री शर्माले अधिकारीबाट ब्रिफिङ लिन थालेपछि संगठन प्रमुख रेग्मीले भने प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेतृ आरजु देउवालाई भेटेर नियमित ब्रिफिङ गरिरहेको बालुवटार स्रोतको दाबी छ ।

 

गुप्तचर प्रमुख रेग्मीमाथी सर्वोच्च अदालतले अयोग्य घोषणा गरेर बर्खास्तीमा परेका लोकमानसिंह कार्कीलाई १५० जनाभन्दा बढी नेता,उचपदस्थ कर्मचारी,व्यापारी र पत्रकारहरुको व्यक्तिगत विवरण वुझाएको आरोप छ । कान्तिपुर दैनिकको सह प्रकाशन नेपाल साप्ताहिकले उनले तत्कालिन अख्तियार प्रमुख कार्कीलाई वुझाएको पत्र समेत सार्वजनिक गरेको थियो । 

 

यो पनि पढ्नुसः गुप्तचर प्रतिवेदन अख्तियारलाई

 यस्तो छ  रेग्मीले कार्कीलाई वुझाएको पत्र –

प्रतिक्रिया दिनुहोस
Advertisement