निकिशा श्रेष्ठमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न ब्यूरोलाई प्रहरी प्रधान कार्यालयको निर्देशन


काठमाण्डु – प्रहरी प्रधान कार्यालयले निकिशा श्रेष्ठमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न साइबर ब्यूरोलाई निर्देशन दिएको छ ।

श्रेष्ठमाथि यौन दुव्र्यवहार भएको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि कार्यालयले घटनाबारे थप अनुसन्धान गर्न निर्देशन दिएको हो ।

प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले सार्वजनिक ठाउँमा अपशब्द प्रयोग गर्ने र होच्याउनेमाथि कारबाही हुने जानकारी दिए ।  भिडियोमा सडकमा हिँडिरहेकी निकिशामाथि युवकहरुले दुव्र्यवहार गरेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement